स्थायी शिक्षकको परीक्षा आजबाट शुरू



काठमाडौं । शिक्षक सेवा आयोगको १७ हजार ३ सय ३२ स्थायी शिक्षकको परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।

आयोगका अनुसार आज मावि, पर्सि १७ गते बिहीबार निम्न माध्यामिक र १९ गते शनिबार प्राथमिक र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दै छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार