नेपाल वायुसेवा उडान : ओसाका ब*न्द गरेर नारिता



काठमाडौं : राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमले आगामी फागुन १९ (मार्च २) देखि ओसाका उडान बन्द गरेर जापानको राजधानी टोकियोबाट नजिकैको नारिता विमान स्थलमा उडान गर्ने भएको छ। जापान सिभिल एभिएसन ब्यूरो (जेक्याप)सँग निगमले मंगलबार ग्राउन्ड ह्याण्डलिङ सम्झौता गरेको छ। यो सम्झौता पछि निगमले औपचारिक रूपमा नारिता विमानस्थलमा उडानको प्रक्रिया अगाडि बढेको छ।

यो सम्झौतासँगै निगमले मार्चदेखि नियमित उडान गर्ने गरी कार्यतालिका बनाएको निगमका प्रवक्ता गणेश बहादुर चन्दले बताए । उनका अनुसार निगमले गरिरहेको ओसाका उडानमा एक तर्फी दुई सय यात्रु हुन थालको र राम्रै भराई दर हुदैँ गएको भएपनि जहाज अभाव तथा सबैको राजधानी केन्द्रित उडानको माग भएकोले ओसाका बन्द गरेर नारिता जान लागिएको हो।

निगमले दुबैतर्फको गन्तव्यमा उडान गर्न जहाज संख्या नपुग्ने र भएकै जहाजबाट नारिता गर्नुपर्ने भएको छ। नारिता जापानको राजधानीकेन्द्रित विमानस्थल हो। यो विमानस्थल टोकियो सहरबाट ६० किलोमिटर दूरीमा छ। यस अघि वायुसेवा निगमले १२ वर्षअघि निय मित उडान गरेर ओसाका उडान बन्द गरेको थियो। निगमले जहाजको संख्या थप गर्न नसकेका कारण १३ वर्ष नियमित गरेको उडान गरेर बन्द गरेको थियो।

निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म नियमित गरेको उक्त उडान वाइडबडी जहाज भित्र्याएपछि पुन सातामा दुईवटै उडान गरिरहेको छ। त्यतिबेला निगमले बोइङ ७५७ नामक जहाजबाट चीनको सांघाइहुँदै ओसाकासम्म उडान गथ्र्यौ। यो उडान पनि जम्मा ६ महिना सञ्चालन गरे बन्द गर्ने निर्णय गरिसकेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार