पल शाहविरुद्धको मुद्दामा तनहुँ प्रहरीको अनुसन्धान सकियो



काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ ।अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ ।

प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धान थालेको २१ दिनपछि प्रतिवेदन बुझाएको हो ।

अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् । उनी विरुद्ध पूर्वी नवलपरासीमा पनि जाहेर परेको थियो । त्यसका लागि बयान गराउन शाहलाई गैंडाकोट समेत लगियो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि नाबालिक बलात्कार मुद्दामा शाहविरुद्ध अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार