महँगोमा जग्गा किनेका लाखौ व्यक्ति ‘डिप्रेशन’ मा !



काठमाडौं । नेपालमा घरजग्गाको मूल्य कुनैपनि हिसावले वैज्ञानिक छैन । यसमा गरिने लगानी र उत्पादकत्व हेर्दा लगानीको १ होइन, आधा प्रतिशत पनि ब्याज असुल हुँदैन ।

यो भनाई नेपाल जग्गा तथा आवास विकास संघ ९एनएलएचडीए० का अध्यक्ष इच्छाबहादुर वाग्लेको हो । उनले ३ दशकभन्दा लामो समय घरजग्गा क्षेत्रमै विताएका छन् । सबै आरोह र अवरोह देखेका वाग्लेको भनाईमा अहिले जग्गाको मूल्य वृद्धि हेर्दा देशै सिद्धिन्छ की जस्तो अवस्था छ । काठमाडौंमा कुनै पनि कुनामा प्रतिआना २०र२५ लाख घटिमा जग्गा हेर्न पाइन्न ।

पछिल्लो १ वर्षको अवधिमा बढेको मूल्यमा जग्गा किन्ने लाखौ लगानीकर्ता यतिबेला डिप्रेशनमा पुगेका छन् । २० लाख आनामा किनेको जग्गा २० लाखमै बेच्छु भन्दा पनि विक्री हुँदैन । उता बैंकको ब्याज बढेको बढ्यै छ ।

कोरोनामा सबै पेशा व्यवसाय छोडेर घरजग्गामा आएका नयाँ व्यक्तिरकम्पनीका कारण घरजग्गाको मूल्य दोब्बर भइ सामान्य मान्छेले किन्न नसक्ने अवस्था भएपछि अहिलेको अवस्था आएको जानकारहरू बताउँछन् ।

अहिले घरजग्गा व्यवसायी कति प्रताडित छन् भन्ने कुरा त २०,३०,४० प्रतिशत डाउन पेमेन्ट लिएर किस्ताबन्दीमा जग्गा दिने विज्ञापनले पनि देखाइसकेको छ । पछिल्लो १र२ वर्ष यता ऋणमा जग्गा किनेका व्यक्तिहरू यतिबेला डिप्रेशनमा रहेको व्यवासयीहरू नै बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार