
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकको बिदा (४५ दिन) अवधिको समेत दुर्गम भत्ताका लागि प्रबन्ध मिलाउने भएको छ ।
यही फागुन ९ गते साेमबार सोसम्बन्धी नेपाल शिक्षक महासंघले बुझाएको मागमा मन्त्रालयले प्रबन्ध मिलाउने बताएको हो । ‘दुर्गम भत्ताका सम्बन्धमा निजामती सरह प्रबन्ध मिलाउने,’ शिक्षा मन्त्रालयले महासंघसँग भनेको छ । वेबटिभी खबर
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार