भारतमा कोरोनाबाट ज्यान जानेको संख्या २० पुग्याे, एकैदिन ८ जनाकाे मृत्यु



काठमाडाैं, १४ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट भारतमा ज्यान जानेको संख्या २० पुगेको छ । बिहीबार थप ८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको हो । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले भारतमा कोरोनाको संक्रमण हुनेको संख्या ७ सय २७ पुगेको छ । भारतमा एकैदिन ७० जना नयाँ संक्रिमित भेटिएका छन् ।

७ सय २७ जनामध्ये ४५ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । अहिले भारतमा ६ सय ६२ जनामा कोरोना सक्रिय रहेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । बुधबार पनि भारतको कारोनाका कारण ३ जनाको जनाको ज्यान गएको थियो । भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार