
सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गरिनुपर्नेमा एकोहोरो वकालत गरिरहेका छन्।
यस क्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराईले युक्रेनमा जारी रुसको आक्रमणको उदाहरण दिँदै अप्रत्यक्ष रूपमा एमसीसी स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।
‘अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुन सक्दैन। युक्रेनमाथिको रूसी आक्रमण निन्दनीय छ’, उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘साना/निर्धा देशले ठूला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ।’
एमसीसी संसदबाट अनुमोदन गर्न सत्तारुढ दलभित्रै कुरा नमिलिरहेका बेला डा. भट्टराईले ‘साना/निर्धा देशले ठूला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ’ भनेर नेपालले एमसीसी स्वीकार गर्नैपर्छ भन्न खोजको हुन् त?
अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुनसक्दैन! यूक्रेनमाथिको रूसी आक्रमण निन्दनीय छ! साना/निर्धा देशले ठुला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शक्तिसन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि यूक्रेनको घटनाले बुझाएको छ।
— Baburam Bhattarai (@brb1954) February 24, 2022