जो मानिस अरुको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन : गौतम बुद्ध



विश्वलाई नै शान्ति र अहिंसाको पाठ पढाउने भगवान गौतम बुद्ध धर्मका संस्थापक हुनुहुन्छ । भगवान गौतम बुद्धले दिनुभएका उपदेश विश्वका मानिसका लागि अमूल्य वस्तुका रुपमा रहेको छ ।

गौतम बुद्धका महत्वपूर्ण १२ उपदेशहरू

❂भगवान गौतम बुद्ध भन्नुहुन्छ बितेको कुराहरूतर्फ ध्यान नदेऊ, भविष्यका बारेमा पनि धेरै चिन्ता नगर, आफ्नो मनलाई वर्तमान समयमै केन्द्रित गर ।

❂जसलाई जानीजानी झुटो बोल्न लाज हुँदैन, उसले जस्तासुकै पाप कर्म पनि गर्न सक्छ त्यसैले तिमी ख्यालठट्टामा पनि झुटो बोल्दिनँ भन्ने प्रतिज्ञा गर ।

❂संसारका मानिस पनि विचित्रका छन्, उनीहरू अनेक सम्प्रदायिक विचारमा विभाजित भएर अनेक प्रकारका प्रमाण पेश गर्दै सत्य र असत्य दुवैलाई प्रमाणित गर्ने कोसिस गर्छन् तर सत्य त एकै छ, अनेक छैन ।

❂सत्य नै अमृतवाणी हो सत्यवाणी नै सनातन धर्म हो । त्यसैले सत्य, अमृत वचन र धर्ममा असल व्यक्ति सधैँ दृढ रहन्छन् ।

❂असत्यले नरकको बाटोतर्फ डोहो¥याउँछ । यसले मानिसलाई नरकतर्फ नै लैजान्छ । जसले असत्य कर्म गर्छ, उसले असत्य कर्म गरेको छैन नै भन्छ ।

❂जसलाई जानीबुझीकन पनि झुटो बोल्न लाज हुँदैन, उसमा असलपनको एक अंश पनि छैन भन्ने बुझ्नुपर्छ ।

❂सभा, बैठक, एकान्त कुनै पनि स्थानमा झुटो नबोल्नू र झुटो बोल्न अरुलाई पनि प्रेरित नगर्नू, असत्यलाई सम्पूर्ण रुपले परित्याग गर्नू ।

❂जीवनमा हजारौँ लडाइँ जित्नुभन्दा आफूमाथि विजय पाउनु सबैभन्दा ठुलो कुरा हो । त्यसपछि जीत सधैँ तिम्रो हुन्छ, जसलाई कसैले पनि हरण गर्न सक्दैन ।

❂हजारौँ खोक्रो शब्दभन्दा राम्रो एकै महत्वपूर्ण शब्दमात्र बोल्नु, जसले शान्ति ल्याओस् ।

❂सन्तोष सबैभन्दा ठुलो धन हो, इमान्दारीता सबैभन्दा ठुलो सम्बन्ध हो र स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो ।

❂हामी जब क्रोधित हुन्छौँ, तब सत्यको बाटो छोडिदिन्छौँ ।

❂यदि तपाइँ मोक्ष चाहनुहुन्छ भने आफैँले मिहिनेत गर्नुहोस्, अरूमाथि निर्भर नहुनुहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार