सातदोबाटो प्रहरी वृत्तमा कार्यरत इन्स्पेक्टर हरि ओली पुरस्कृत



काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटो तथा मातहतका एरियामा शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी वृत्त सातदोबाटो कार्यलका प्रमुख डिएसपी दिनेश घिमिरेले प्रहरी निरीक्षक हरि बहादुर ओलीलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरेका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटो अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक ओलीले नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै प्रहरी निरीक्षक ओलीले विभिन्न समयमा अनुसन्धान अधिकारीको हैसियतले प्रभावकारी तवरले प्रहरी परिचालन मार्फत कार्य गरेकोले निजलाई पुरस्कार तथा कदर गरिएको कार्यालयले जनाएको छ ।

२०७८।०३।२२ गते बेलुकाको समयमा ललितपुरको धापाखेल स्थित फुटसल ग्राउण्डमा खेलाडीहरु बिच दोहोरो ग्याङ फाईट हुंदा बिपक्षले रमेश तामाङको टाउकोमा फलामको रंङले प्रहार गर्दा गम्भिर घाईते भएकोमा अस्पताल पुर्‍याई प्रतिबादी मध्ये ११ जनालाई राती काठमाण्डौंको बालाजुबाट पक्राउ गरी कानुनी दायरामा ल्याएको कामको श्रेय ओलीलाई दिइएको छ ।

यस्तै ललितपुर लुभु र सातदोबाटो एरियामा डलर सटही गर्ने बर बहाना बनाई रु.१०,००,०००।- र रु.५,००,०००।- रकम लिई डलर भनि कागजको नोट दिई ठगी गर्ने बिबेक कुमार पटेललाई कानुनको दायरामा ल्याएको, ललितपुर महानगरपालिका वडा नं.१४ शोभाहिटी स्थितबाट लागु औषध कारोबार गर्दै आएका हेमन खड्गी, रामसरन सुबेदी र गणेश अधिकारीलाई बा.१० च ३३०९ नं.को गाडीमा सवार रहेको अवस्थामा फेला पारी खानलतासी गर्दा २१२.७७ ग्राम लागु औषध खैरो हिरोईन सहित पक्राउ गरी कानुनको दायरामा ल्याएको त्यस्तै फैसला कार्यान्वयनको क्रममा ८ बर्ष ८ महिना ९ दिन कैद सजाय रु. ७३,०७,६०० ।- जरीवाना भएका ३६ जना फरार प्रतिवादी पक्राउ गरि कानुनी दायरामा ल्याई नेपाल सरकारको राजश्व वृद्धिमा समेत महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको हुनाले हरि बहादुर ओलीलाई उत्कृष्ट मानिएको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार