श्रीलङ्कामा भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री



श्रीलङ्का – श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधान मन्त्रीका रूपमा चयन गरेका छन् । श्रीलङ्कामा गृह’युद्धको कारण बनेका तमिल टाइगर्स वि’रूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गरेका थिए । नवनियुक्त प्रधान मन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदा सम्म प्रधान मन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

राजापाक्षको नेतृत्वमा १५ सदस्यीय काम चलाउ मन्त्री मण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चार मा’ध्यमहरूले उल्लेख गरेका छन् । नयाँ मन्त्री मण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ । श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ । नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदा सम्म प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नेछन् । एजेन्सी

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार