रेखा थापा विवाह बन्धनमा बाँधिइन्, को हुन् उनका राजा?



काठमाडौं । नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।

निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। अभिनेत्री थापाको यो दोश्रो पटक विवाह हो । यसअघि उनी निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् तर, दुई बीचको सम्बन्ध टिक्न सकेको थिएन ।

अभिनेत्री थापा चलचित्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी हालसालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिलातर्फबाट महामन्त्री उम्मेदवारी दिएकी थिइन् ।

कमल थापानिकट मानिएकी उनी राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवार दिएकी उनी महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार