पारिजातको वियोगान्त प्रेम कथा, यस्तो छ सुर्योदय अगाडिनै भुइँमा झर्नुको कारण



काठमाडाैं । पारिजात एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन् । दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन् ।

रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ । यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिसले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ । पारिजातको पूरा नाम ग्रीक भाषामा Nyctanthes Arbor-Tristis को अर्थ लगाउन थाल्यौँ भने ‘रातमा फुल्ने दुःखित वृक्ष’ भन्ने कुरा खुल्न आउँछ । यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।

आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ, दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ ,खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ / खाइन्छ ।

यसैगरी घरघरमा पारिजातको विरुवा रोपेको देखिन्छ तर यसको औषधीय गुण सबैलाई थाहा नहुन सक्छ स्वर्गमा राजा इन्द्रले पृथ्वीमा उपहारको रुपमा पठाएको यो विरुवा राति नै फुलेर राति नै झर्ने गर्दछ ।यसमा निक्टेथिक अम्ल, ग्लाइको साइड, पामिटिक अम्ल, स्टीयरीक अम्ल, एस्ट्रोगेलिन, निक्टो फ्लोरीन, एस्कोर्विक अम्ल, केरोटिन,टेनिन आदि धरै तत्वहरु पाइन्छन् ।उपयोग कृमिहन (पेटको किरा मार्ने) रक्तशोधक, मुक्तलक, यकृतविकार, श्वासप्रश्वास, कष्टार्तक, पित्तसारक, आमवातमा लाभकारी हुन्छ । हरीयो पत्ताको पकाएको रसलाई पिएमा लाभकारी हुन्छ ।

डाइविटिज नियन्त्रण, रक्तचाप घट्नुको साथै जोर्नी दुख्ने समस्या हराउँदछ । मृगौलालाईस्वस्थ राखि मजबुत बनाउदँछ । पेटको किरा मर्दछ । ज्वरो नियन्त्रण गर्दछ । एन्टिहिस्टामाइन तत्व पाइने हुनाले नियमित सात दिनसम्म पिउनाले एलर्जी हराउँदछ । साइटिका रोगको लागि त यो रामवाण औषधी मानिन्छ ।एन्टी अक्सिडेन्ट तत्व पाइने हुनाले एड्सका जिवाणुलाई बढ्न दिँदैन । यसको फुल ८ १० वटा पानिमा पकाएर सात दिनसम्म पिएमा जण्डीस जरैदेखि समाप्त हुन्छ । यसको पात, बोक्रा, बिउ र फुल सबै ओषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार