हामी तीनै तहको निर्वाचनमा बहुमत ल्याउछौँ, ठाउँ छ भने भागे हुन्छ : केपी ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन् । एमालेले थालेको स्थानीय तह निर्वाचनको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने बताए ।

हाल एमालेको बर्चस्वले वर्तमान सत्ता गठबन्धनलाई बिझाइरहेको आरोपसमेत लगाएका छन् । ‘एमालेको बर्चश्वले यीनीहरुलाई बिझाइरहेको छ,’ अध्यक्ष ओलीले भने, ‘आउँदो निर्वाचनमा बहुमत जित्छौ। के गर्लान् विचराहरु रु’

उनल एमालेसँग जुध्नेहरुले भाग्ने ठाउँ भए भाग्न ठाउँ खोज्न चेतावनीसमेत दिए । उनले भने, ‘भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा बहुमत ल्याएरै छोड्छौँ’ त्यस्तैगरी उनले बिगतको जसरी निर्वाचनमा धाँधली गरेर जित्छु भन्ने कसैले नसोच्न समेत चेतावनी दिए ।

उनले भने, ‘कसैले मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ। अबको निर्वाचन त्यो प्रकारको रहन्न ।’ नेकपा एमालेले स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षणको कार्यक्रमहरु थालनी गरेको छ । उक्त कार्यक्रमको अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार