
सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।
निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए । आयोगले जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । यस्तै सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार