एमाले एमसीसीको पक्षमा उभियो भने म पार्टी छाड्छुः भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौतामा रहेका केही बुँदाहरु देशको हितमा नरहेको बताएका छन् । अमेरिकी सहयोग परियोजना गर्दा भारतको पनि सहमति हुनुपर्ने, अमेरिकाकै कानुन नेपालको कानुनभन्दा माथि हुने लगायतका केही बुँदा अस्पष्ट रहेको उनको दाबी छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियासँग कुराकानी गर्दै उनले एमसीसी सम्झौता नेपालमा ल्याउनमा बाबुराम भट्टराईको पनि हात रहेको बताएका छन् । सम्झौतालाई संसदबाट पास गर्नुपर्ने प्रावधान पनि तत्कालीन एमालेकै अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको उनले बताएका छन् । खतिवडालाई कारबाहीको दायरमा ल्याउन आफूले सअघि नै आवाज उठाएको उनको दाबी छ ।

एमसीसीमा मतदान गर्न पार्टीले ह्विीप लगाएको खण्डमा आफू त्यसको विपक्षमा उभिने उनको दाबी छ । यसको अर्थ उनी पार्टी परित्याग पनि गर्न सक्नेछन् । ‘एकीकृत समाजवादीमा तपाई प्रवेश गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले अहिले अन्य पार्टीमा जाने-नजाने नरहेको र आफू एमाले नै रहेको उनो दाबी छ । भविष्यमा के हुन सक्छ भन्ने कुरा अहिल्यै प्रष्ट नभैसकेको उनेको दाबी छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार