
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काभ्रेको बनेपामा सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध कालो झन्डा देखाएको छ ।
सोमबार साँझ मसाल जुलुस निकालेको अनेरास्ववियु काभ्रेले सापकोटालाई कालो झन्डा देखाएका थिए । मिलेनियम च्यालेन्ज कर्पोरेशन छिटोभन्दा छिटो पास गर्न अमेरिकाको दबाबलाई विभिन्न बहाना बनाएर संसदको बैठक बस्ने दिन र समय परिवर्तन गर्दै आएपछि एमाले सभामुखसंग रुष्ट छन् ।
प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार