जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ – गौतम बुद्ध



काठमाडौं । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । उनको नाम सिद्धार्थ गौतम थियो । उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् ।

आज हामीले शान्तीका दूत भगवान गौतम बुद्धका केही प्रेरक भनाइहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि जीवन उपयोगी बन्न सक्छ ।

– शान्ति आफैँभित्र हुन्छ, यसलाई बाहिर नखोज ।

– आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।

– यदि आफैँलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौँ ।

– हामी जे सोच्दछौँ उही बन्दछौ ।

– उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

– त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।

– बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

– लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

– यदि विद्यार्थी तयार छ भने शिक्षक स्वत उपस्थित हुन्छ ।

– हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौँ ।

– हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

– हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

– हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

– मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।

– हजारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

– आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।

– धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।

– जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार