पछाडी-पछाडी कुरा काट्न माहिर हुन्छन् यी राशि हुनेहरु, चिनिराख्नुस् !



एजेन्सी । धेरै मानिसहरु अगाडी त धेरै मीठा कुरा गर्छन् तर पीठ पछाडी कुरा काट्न पनि अब्बल हुन्छन् । यस्ता मानिसहरु नराम्रा कुरा गर्न र यताको कुरा उता लैजान पनि अगाडी हुन्छन्। यस्ता मानिसहरुलाई आफ्नो राज बताउनु भनेको आफूलाई खाल्डोमा हाल्नु बराबर हो।

यिनीहरुले मानिसलाई ठुलो मुश्किलमा फसाउन सक्छन्। ज्‍योतिषमा यस्ता मानिसहरुका यो आदत उनीहरुका आसपासको माहोलको कारण हुने बताईएको छ र कतिमा यस्तो आदत जन्मजात नै हुने उल्लेख गरिएको छ। यस्ता मानिसहरु चिन्न एकदम सहज तरिका छ, तिनको नामको पहिलो अक्षर।

यस्ता मानिस, जसको नाम एच(H), एन(N) र एल(L) अक्षरबाट सुरु हुन्छ, तिनको खराब काम गर्ने बानी हुने अक्सर देखिन्छ। यी अक्षर भएका मानिसका स्वभाव कस्तो हुन्छ त रुजसको नाम एच(H)बाट सुरु हुन्छ, तिनी हरु स्वभावतस् बुद्धिमान हुन्छ तर यिनी हरुको अरु बारे नराम्रो कुरा गर्ने खराब बानी हुन्छ। यिनीहरु सधैँ अरु मानिसहरुमा खोट खोजिरहन्छन् । अनि त्यसबारे अरुलाई बताउँछन् । यद्यपि यसो गरी यिनीहरु अरुलाई नोक्सान पुर्याउन चाहँदैनन् ।

जसको नाम एन(N) बाट सुरु हुन्छ, तिनीहरु अत्यन्तै बिन्दास किसिमका हुन्छन् । स्वतन्त्र विचारका यिनीहरु प्रायः आफ्नै दुनियाँमा मस्त रहन्छन्। साथै यिनीहरु बोल्नमा पनि स्पष्टवक्ता मानिन्छ। मनमा लागेको कुरा निष्फिक्री बोल्छन्। यिनीहरु कसैले आफूबारे नराम्रो भने पीठ पछाडी हैन, तिनीहरु सामुन्ने नै असहमति
जनाउँछन्।

जसको नाम एल(L) बाट सुरु हुन्छ, तिनीहरु शानसँग जिन्दगी बिताउन मन पराउँछन्। यिनीहरुको स्वभाव अत्यन्तै राम्रो हुन्छ। खासमा यिनीहरु अरुबारे नराम्रो सोच्दैनन् तर जब कसैले यिनीहरुलाई चिढाउँछन् तब यिनीहरु सधैँ खोट खोजिरहन्छन्। यति मात्र हैन तिनीहरुलाई तल देखाउन कुनै मौका छाड्दैनन्।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार