
काठमाण्डाै – सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै देशतर्फका सीमा नाका साेमबार बिहान दश बजेदेखि लागू हुनेगरी एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले एकतर्फी रुपमा भारतसँगकाे सीमा नाका बन्द गर्नुपर्ने विचार राखेका थिए ।
भारतले आइतबार मध्यरातिबाट लागू हुनेगरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेलगत्तै नेपालमा आइतबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार