गोकुल बास्कोटासहित काभ्रेका ५० एमाले कार्यकर्ता नेकपा (एस)मा प्रवेश



काठमाडौं । नेकपा (एमाले) काभ्रेका केही नेता तथा कार्यकर्ताहरु आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मिनभवन, आलोकनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु आज पार्टी प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादीका अनुसार काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले सचिव गोकुल बास्कोटासहित ५० जनाले एमाले परित्याग गरेको बताइएको छ । नवप्रवेशसीहरुलाई नेकपा (एकीकृत समासजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार