राष्ट्रिय सभा निर्वाचन बागमतीमा लफडा, माओवादी सांसद राजकाजीले समाते निर्वाचन अधिकृतको कठालो



हेटौंडा । राष्ट्रिय सभाको सदस्यका लागि जारी मतदानमा एक प्रदेश सभा सदस्यले मतदान गरेपछि फोटो खिच्दा बागमती प्रदेशमा लफडा भएको छ। नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले आफूले मतदान गरेको फोटो खिचेपछि लफडा भएको हो।

प्रदेश सांसद गोलेले फोटो खिचेपछि गोप्य मतदानको फोटो नखिच्न निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आग्रह गरेका थिए। सांसद्हरुले नै बनाएको कानुन भएकोले उल्लंघन नगर्न श्रेष्ठले सम्झाएका थिए ।

श्रेष्ठले कानुनबारे सम्झाउँदा माओवादीकै सांसद राजकाजी महर्जन भने अधिकृत श्रेष्ठमाथि जाइलागे। सांसदलाई कानुन सिकाउने को हो भन्दै राजकाजीले निर्वाचन अधिकृत श्रेष्ठको कठालो समातेका हुन् । केहीबेरको लफडापछि अहिले बागमती प्रदेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान जारी छ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार