बैंकमा जाँदा पनि खोप कार्ड अनिवार्य !



काठमाडौं । मेगा बैंकले कुनै पनि शाखा वा कार्यालयहरुमा प्रवेशका लागि कोरोना विरुद्धको लगाईएको खोप कार्ड अनिवार्य गरेको छ ।

बैंकले कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि भोलि अर्थात माघ ७ गतेदेखि कुनै पनि शाखा कार्यालयहरुमा प्रवेशका लागि अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड चाहिने व्यवस्था गरेको हो ।

यद्यपि, कोरोना विरुद्ध खोप लगाएको कार्डको मोबाइलमा फोटो भएपनि देखाउनुपर्ने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार