जनवरी अन्तिमदेखि विदेशी कामदार लैजाने मलेसियाकाे तयारी



काठमाडौं । मलेसियाले आगामी हुई सातादेखि बिदेशी कामदार भित्र्याउने भटको छ । मलेलियावे यहि जनवरी २८ बाट विदेशी कामदार लिने भएको हो । शुरूमा प्लानटेशन क्षेत्रमा विदेशी कामदार लैजाने र आगामी फेब्रुअरी १५ तारेखदेखि उत्पादन, सुरक्षा, सेवा तथा घरेलु सहायकमा विदेशी कामदार लैजाने मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जनाएको छ ।

उक्त मन्त्रालयको विज्ञप्ति अनुसार प्लान्टेशनमा ३० हजार विदेशी कामदार भर्ना गरिने छ । प्लान्टेशनमा मलेसियाले नेपालसहित स्रोत मुलुकहरूबाट कामदार लैजाने गरेको छ । अनलाइनबाट विदेशी कामदारको माग गर्न रोजगारदाताहरूलाई मन्त्रालयले आह्वान गरेको छ । विदेशी कामदार ल्याउन क्वारेन्टिनलगायतका सबै मापदण्ड पूरा गरिएको भन्दै मलेसियाका मानव शंसाधन मन्त्री एम शाराभाननले रोजगारदाताले अबदेखि विदेशी कामदार लैजान गृह र मानव संशाधन मन्त्रालयबाट विशेष अनुमति लिन जरुरी नभएको बताएका छन् ।

मलेसियाले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण बढेपछि दुई वर्षअघिबाट विदेशी कामदार लगेको छैन । विदेशी कामदार नहुँदा उत्पादनमा संकुचन आएको रोजगारदाताहरूको गुनासो छ । मलेसियाले विदेशी श्रमिक लैजान स्वास्थ्य सुरक्षाको विशेष मापदण्ड बनाएको छ । नेपालबाट सुरक्षागार्डलगायत खुला गरिएको सबै सेक्टरमा तोकिएको मापदण्डअनुसार कामदार जान पाउने बताइएको छ ।

मापदण्डअनुसार खाडीका अन्य देशसरह मलेसिया जान पनि विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले मान्यता दिएको कोरोना भाइरविरूद्धको खोप लगाएर मलेसिया उड्नु अघि ७२ घण्टाभित्र आरटी–पीसीआर परीक्षण गर्नुपर्ने अनिवार्य गरिएको छ ।

नेपालबाट मलेसिया गएको कामदारलाई ७ दिन स्वास्थ्य मन्त्रालयबाट तोकिएको क्वारेन्टिनमा रोजगारदाताको खर्चमा राखिने बताइएको छ । क्वारेन्टिनमा बस्न शुरू गरेको दोस्रो र पाँचौं दिनमा आरटी पीसीआर गरी संक्रमण नदेखिए काममा पठाउने र संक्रमण देखिए थप उपचार गरिने बतनइएको छ ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार