विश्वकै कमजोर पासपोर्टको सूचीमा नेपाल ७औँ स्थानमा, जापान र सिंगापुरको सबैभन्दा शक्तिशाली



काठमाडौं । नेपालको पासपापेर्ट विश्वकै ७औँ कमजोर सूचीमा परेको छ । बेलायतको हेन्ली एण्ड पार्टनर्सले गरेको सर्वेक्षणमा नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर भिसाको ७औँमा परेको हो । हेन्ली एण्ड पार्टनर्स विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हो । उसले सन् २००६ देखि निरन्तर विश्वका शक्तिशाली पासपोर्टको मापन गर्दै आएको छ ।

तथ्याङ्कमा विश्वकै सबैभन्दा शक्तिशाली पहिलो नम्बरमा जापान र सिंगापुरको पासपोर्ट रहेको छ । यो सर्वेक्षण अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)को तथ्याङ्क अनुसार २०२२ का लागि सार्वजनिक गरिएका हो । जापान र सिंगापुरको पासपोर्ट विश्वका १९२ मुलुकका लागि यात्रा गर्नु आगावै भिसा लगाइरहनु नपर्ने उल्लेख गरिएको छ ।

कमजाेर पासपोर्ट भएका ७ मुलुक
उक्त तथ्याङ्क अनुसार नेपालको पासपोर्ट भने विश्वभरका ३७ देशमा मात्रै चल्ने गर्दछ अर्थात भनौँ ३७ मुलकुका लागि मात्रै अनअराइभल भिसा पाउँछ । विश्वकै सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको भएको तथ्याङ्कमा उल्लेख छ । अफगानिस्तानको पासपोर्टले २६ ओटा मुलुकमा मात्रै अनअराइभल भिसा वा भिसा फ्री पाउने उल्लेख गरिएको छ ।

त्यस्तैगरी कमजोर पासापोर्टको दोस्रो स्थानमा इराक र तेस्रो स्थानमा सिरिया, चौथोमा पाकिस्तान, पाँचौँमा यमन, छैटौंमा सोमालिया छ। उत्तर कोरियाको पासपोर्ट नेपालको भन्दा शक्तिशाली बनेको छ । उत्तर कोरियाको पासपोर्टले विश्वका ३९ देशमा भिसा पाउनेछ । त्यस्तै सूचीको दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया छन्। यी दुई मुलुकबाट विश्वका १९० मुलुकमा यात्रा गर्दा अगाडि नै भिसा लगाउनुपर्ने आवश्यकता हुँदैन।

शक्तिशाली पासपोर्ट भएका ४ मुलुक
पहिलोमा जापान र सिंगापुर रहेका छन् । त्यस्तैगरी दोस्रो शक्तिशाली पासपोर्टको स्थानमा जर्मनी र दक्षिण कोरिया छन्। यी दुवै मुलुकबाट विश्वका १९० मुलुकमा यात्रा गर्दा अगाडि नै भिसा लगाउनुपर्ने नरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार