दलालकाे पञ्जामा परेर दुबईमा बिचल्ली बनेका ४ युवकको उद्धार



काठमाडौं । दलालको चंगुलमा परेर दुबई पुगेका चार नेपाली युवाहरुको उद्धार भएको छ । गोरखा चुमनुब्री सिद्धिबासका कृष्ण गुरुङ, धन बहादुर गुरुङ, बिकास गुरुङ र दमाई घले ४० दिनको कष्टपूर्ण दुबई बसाईपछि सकुशल नेपाल फर्किएका हुन् ।

गत असोज २५ गते रोजगारीका लागि इराक पु¥याईदिन्छु भन्ने दलालको प्रलोभनमा परेर उनीहरु भिजिट भिसामा दुबई पुगेका थिए। राम्रो काम कमाई हुने काम लगाइदिने भन्दै दलालले उनीहरुलाई दुबई पु¥याएको थिए । तर, इराक पुग्ने उनीहरुको सपना दुबई पुगेपछि चकनाचुर भयो ।

२० दिनसम्म खाना बस्न पाएपनि जब आफ्नो पैसा सकियो उनीहरुका दिनहरु कष्टकर हुँदै गए । अर्थात त्यहाँ उनीहरुको विचल्ली नै भयो । मंगलबार न्यूज २४ टेलिभिजनको कार्यालय पुगेका उनीहरुले आफ्ना व्यथा सुनाए ।

उनीहरुले इराक जान भन्दै ४ लाखदेखि साढे ४ लाखसम्म पैसा बुझाएका थिए । अनेकन सपना लिएर नेपालबाट उडेका उनीहरु रित्तो हात नेपाल फर्किए । यता, दलाल सुरेश गुरुङले आफ्नो पैसा भोली–भोली भन्दै लामो समयसम्म फिर्ता नगरेपछि उनीहरु हाम्रो कार्यलयमा पुगेका हुन ।

को हुन दलाल ?

युवाहरुको यो गुनासो सुनेपछि हामीले उनीहरुलाई दुबई पु¥याएर अलपत्र पार्ने एजेण्ट सुरेश गुरुङलाई सम्पर्क गरी हाम्रो कार्यालयमा आउन आग्रह ग(यौँ । मंगलबार हाम्रो कार्यलयमा पुगेका सुरेशले आफूले गल्ति गरेको स्वीकार गरे । गोरखा चुमनुब्रीकै यी सुरेश गुरुङ पीडितहरुका चिने जानेका व्यक्ति नै रहेछन् ।

चिनेजानेकै व्यक्ति भएकाले आफुहरुले विश्वास गरेको उनीहरु बताउँछन् । तर, आफुहरुसँग लाखौँ रकम लिएर विश्वासघात गरेको पीडितहरुको भनाई छ ।

पीडितहरुले पाए क्षतिपूर्ती
इराकमा आकर्षक रोजगारी र तलब सुविधा दिलाउने नाममा एजेण्टले यी चारै जना पीडितहरुबाट प्रति व्यक्ति कम्तिमा ४ लाख रुपैयाँ अशुल गरेका छन् । उनले पीडितहरुबाट कुल १७ लाख २१ हजार अशुल गरेका छन् । तर, दुवै पक्षको छलफलपछि पीडकले केही रकम तत्काल फिर्ता गरेका छन् । बाँकी रकम केही दिनमा नै दिने सहमति भएको छ ।

यसरी नेपालबाट अवैध रुपमा दुबई पुगेका हजारौँ नेपालीको विचल्ली भएको छ । भिजिट भिसाको नाममा दलालहरुले हजारौँ नेपालीलाई दुबई पुर्याएर अलपत्र पार्ने कार्य बढ्न थालेको छ । दलालहरुले आकर्षक तलब र जागिर मिलाइदिन्छु भन्दै नेपालीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म असुलेर भिजिट भिषामा दुबई पु(याउँदै ठग्ने क्रम बढ्दो छ । पछिल्लो तथ्यांक अनुसार ४० हजार नेपालीहरु भिजिट भिषामा दुबई पुगेका छन् त्यसमध्ये ३० हजार नेपालीको विचल्ली भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार