तीन दिनमा तीन लाखभन्दा बढीले काठमाण्डाै छाडे !



काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डाै छाड्ने यात्रुको सङ्ख्या बढेको छ । गएकाे तीन दिनमा झण्डै तीन लाखभन्दा बढीले काठमाण्डाै छाेडेका छन् । महाशाखाका अनुसार कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएपछि उपत्यका छाड्नेको सङ्ख्या बढेको हो ।

ट्राफिक प्रहरी महाशाखाकाअनुसार गएको मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाख जनाले उपत्यका छाडेका छन् । महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । उपत्यका छाड्नेको सङ्ख्या बढेसँगै आज दिउँसोदेखि साँझसम्म पनि काठमाण्डौको मुख्य नाका कलङ्की-थानकोट सडकखण्डमा लामो जाम भएकाे थियाे ।
सतुङ्गलमा भइरहेकाे सडक मर्मतसँगै काठमाण्डाै उपत्यकाबाट गाउँघर जाने यात्रुको संख्या बढेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएकाे छ । सबैभन्दा धेरै बिहीबार एकै दिन उपत्यकाबाट एक लाख ८ हजार ४५८ यात्रु बाहिरिएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ८ गते शनिवार