चापागाउँमा प्रथम नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता हुने



ललितपुर । ललितपुरको चापागाउँमा प्रथम नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा चौथो मेयर कप क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ। नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउण्डेशनको आयोजना यही पौष २३ गते शुक्रबारदेखि प्रथम नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता चौथो मेयर कप क्योकुशिन कराते प्रतियोगिता हुने कार्यक्रम तय भएको डोजो प्रमुख जय देसारले जानकारी दिए ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाहरुबाट खेलाडीहरुले भाग लिने छन् । डोजो प्रमुख जय देसारका अनुसार देशभरबाट १२० भन्दा बढि खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पुरुषतर्फ अण्डर ३० केजी, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ २५ केजी र महिलातर्फ खुला तौल समुहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन समेत गर्ने छन् ।

देशका विभिन्न स्थानबाट आउने खेलाडीहरुका लागि खाने र बस्ने आवश्यक प्रबन्ध समेत आयोजक डोजोले नै व्यवस्थापन गरेको छ। प्रतियोगिताको उद्घाटन समारोह र समापन समारोहको प्रमुख आतिथ्यता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गर्नेछन्।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार