भोलि सार्वजनिक बिदा भन्दै अफवाह फैल्याउनेलाई खोज्दै प्रहरी



काठमाडौं । भोलि (बिहीबार) सार्वजनिक बिदा भन्दै केही सामाजिक सञ्जालमा गृह मन्त्रालयको गलत सूचना बनाएको भेटिएको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक बिदाको प्रस्ताव गरे पनि निर्णय भएको छैन । बिदाको निर्णय शुक्रबार नै बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। तर बैठक अगाडि नै बिदा भन्दै फेक सूचना बनाएको पाइएपछि मन्त्रालयले खोजी गरेको छ।

‘अहिलेसम्म बिदाको निर्णय भएको छैन । यस्तो फेक सूचना बनाउनेलाई खोजी गरिरहेका छौं। साइबर क्राइममा कारबाही हुन्छ’ मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। सो अवसरमा बिदा दिने सरकारको तयारी छ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार