यस कारण हटाइए मन्त्रीबाट गोकर्ण विष्ट



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ लामो समयपछि मन्त्री परिषद् पुर्नगठन गरेका छन। जि’म्मेवारी राम्रोसंग ब’हन गर्न नसकेका देखि प्रगति हासिल गरिरहेका मन्त्रीहरु समेत हट्नु परेको छ। हटेका मन्त्रीहरुमा सबैको नजर गोकर्ण विष्टतर्फ सोझिएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा उल्लेखीय प्रगति हासिल गरेका मन्त्री एकाएक कसरी ह’टे भन्ने सबैको प्रश्न छ ।

उनको ठाउँमा पूर्व माओवादीको कोटाबाट रामेश्वर राय यादवलाई श्रममन्त्री बनाइएको छ । मलेशियाको रोजगारीमा वर्षाैदेखि कायम सि’न्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सु’रक्षित बनाउने प्रयास गरेका विष्टलाई स्वार्थ समूहको प्र’भावमा हटाइएको छ । राप्र पाका अध्यक्ष कमल थापा र नेकपाका नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमा गोकर्ण विष्टको कदमलाई लिएर आ’लोचना गरेका थिए ।

विष्टलाई श्रम मन्त्रीबाट हटाउन मा’फियाको च’लखेल बढेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग विष्टको कामलाई लिएर अ’सन्तुष्टी पोख्दै आएका थिए । प्रधानमन्त्री ओली समेत विष्टले मलेशिया रोजगारीमा भएको ठ’गीका वि’रुद्ध चालेको कदम र त्यस क्रममा विभिन्न व्यक्ति प’क्राउ गरेको विषयमा अ’सन्तुष्ट थिए । व्यवसायिहरुकै प्र’भावमा परेर सरकारले विष्टलाई ह’टाउने निर्णय गरेको बताइएको छ ।

मलेशिया रोजगारीमा भएको ठ’गी वि’रुद्ध गरेको का’र्बाही, म्यानपावर कम्पनीहरुको ध’रौटी रकम बढाउने निर्णय, मलेशियामा शुन्य लागतमा कामदार पठाउन त्यहाँको सरकारसँग गरेको श्रम समझदारी लगायतका कारणले म्यानपावर व्यावसायीहरु मन्त्री विष्टसँग रु’ष्ट बनेका थिए । विष्टले श्रममन्त्रीका रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति प्रदान गर्ने सेवा शुरु, सामाजिक सु’रक्षा कोषको का’र्यान्वयन, नेपालमा पहिलो पटक श्रम अ’डिटको व्यवस्था गर्ने लगायतका काम गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार