
सरकारले चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध लगाएको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ९ देखि १८ गतेसम्म विदेशबाट आउने सबै उडान बन्द गरिएको जानकारी दिएका हुन्। उनले देशवासीलाई आतंकित नभई धैर्य राख्न नागरिकलाई अनुरोध गरेका छन्। सरकारले यसअघि नै विभिन्न मुलुकबाट आउने यात्रु र जहाजमा प्रतिबन्ध लगाएको थियो।
प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार