बागमती प्रदेश : थपिएका ५ मन्त्रीसहित १ राज्यमन्त्रीले लिए सपथ



हेटौंडा । बागती प्रदेशमा थपिएका ५ मन्त्री र १ राज्यमन्त्री शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यादव शर्माले नवनियुक्त मन्त्री र राज्य मन्त्रीलाई पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथ लिने मन्त्रीहरुमा नेकपा (माओवादी केन्द्र)बाट ५ जना र नेकपा (एकीकृत समाजवादी)बाट २ जना मन्त्रीसहित १ राज्यमन्त्री रहेकी छन् । माओवादीबाट घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण र रत्नप्रसाद ढकाल युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नेकपा (एस)बाट बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिँचाई र बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छी मन्त्री बनकी छन् भने कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नेकपा (एस) कै इन्द्रमाया गुरुङले सपथ ग्रहण गरेकी छन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै प्रदेशमा मन्त्रायलको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार