खुल्याे शिक्षक सेवा आयोग, माध्यमिक तहको लागि १५ सय जनाको विज्ञापन !



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।

चैत्र १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार