मुकुन्देले गरे इन्दिरासँग विवाह



काठमाडौं । सामाजिक सञ्जालमा सर्वाधिक चर्चित मुकुन्द घिमिरेले विवाह गरेका छन् । उनले आज इन्दिरा संग्रौलासँग विवाह गरेका हुन् । झापा, सुरुङ्गाकी इन्दिरासँग मुकुन्देको एक वर्ष अघि चिनजान भएको बुझिएको छ ।

उनी एमए उत्तीर्ण गरेकी छिन् । उनी चितवनको मेघौलीस्थित दश जोड दुईमा अध्यापन गराउँछिन् । इन्दिराको मुकुन्देसँग सामाजिक सञ्जालमार्फत् नै सम्पर्क भएको खुलाइसकेका छन् । दुवैबीच कुराकानी चल्दै जाँदा इन्दिराप्रति मुकुन्दे आकर्षित भएका हुन् । मुकुन्देले नै इन्दिरालाई सिधै विवाहको प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार