मेरो सभापति को हो थाहा छैन तर, सभापतिका लागि भोट माग्छु : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार दिएका गगनकुमार थापाले अहिलेसम्म सभापतिको टुंगो नलागेपनि मत हाल्ने दिनसम्म सभापतिलाई भोट हाल्ने र माग्ने बताएका छन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा महामन्त्रीमा उम्मेदवारी दिँदै थापाले अहिलेसम्म आफ्नो तर्फबाट सभापतिको उम्मेदवारको ठेगान नभएको र मत हाल्ने दिनसम्म ठेगान लागेपछि सभापतिका लागि भोट माग्ने र हाल्ने बताए ।

उनले भने, ‘मेरो सभापति को हुनुहुन्छ मलाइ पनि थाहा छैन, तर म आफ्ना लागि मात्र मत माग्दिन । मैले सभापतिमा जसलाई मत हाल्छु, उसको लागि पनि मत माग्छु ।’

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार