कांग्रेस महाधिवेशन : अमात्य र महर्जनको समर्थन पाएपछि चित्रकारकाे सम्भावना बढ्यो ।



ललितपुर । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिका लागि आज दोस्रोचरणमा मतदान भएको छ । मतदान सुरू हुनुअघि मतदान स्थलमा नाराबाजी भएको छ । सभापतिका उम्मेदवारहरू रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। शनिबार मतदान भए पनि कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज मतदान गरिएको छ ।

यसैबीच पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणालाई लक्षित गर्दै चित्राकार पक्षधरले दुर्व्यहार गरेकाे भन्दै राणापक्षले नाराबाजी गरेका छन् । ललितपुरमा सभापति शेरबहादुर देउवा पक्षबाटै २ जना सभापतिका उम्मेदवार थिए । राणा र अमात्य पक्षबाट दुई उम्मेदवार थिए । राणाले श्रेष्ठलाई समर्थन गरेका छन् भने अमात्यले चित्रकारलाई समर्थन गरेका छन् । अमात्य र मिनकृष्ण महर्जनको समर्थन पाएपछि चित्रकारकाे सम्भावना बलियाे भएकाे छ । नाराबाजी र हो-हल्लाबीच जावलाखेलको स्टाफ कलेजमा मतदान प्रक्रिया भने सुचारू रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार