
काठमाण्डाै – शुक्रबारदेखि ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना बन्द हुने भएको छ । कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलियोस् भनेर चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको चिडियाखानाका प्रमुख चिरत्र्जीविप्रसाद पोखरेलले जानकारी दिनुभयो । चिडियाखाना भिडभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर बन्द गर्ने निर्णय भएको प्रमुख पोखरेलको भनाइ छ । यसअघि सरकारले २५ जनाभन्दा धेरै व्यक्ति जम्मा नहुन सबैमा निर्देशन दिएको थियो ।
प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार