अध्यक्षमा उम्मेद्धवारी दिएर भिम रावलले गल्ती गरे उनलाई साथ दिन सकिँदैन : अष्टलक्ष्मी शाक्य



काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष तथा बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भीम रावलले अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले भनिन्,‘यतिवेला चारैतिरबाट पार्टीमा संकट आएको छ, अप्ठ्यारो आएको छ, यो महाधिवेशनबाट नेकपा एमाले एक ढिक्का, एक मना, एकताका साथ एक ढिक्का भएर यो मुलुक हाँक्नुपर्छ भनेर अगाडि बढ्ने बेलामा, रावल कमरेडले (मलाई थाहा छैन, उहाँहरुको व्यक्तिगत कुरा होला, निजी कुरा हो), अहिलेको बेलामा त्यसो नगरेको भए हुन्थ्यो ।’

उनले रावलले सबैसँग बसेर छलफल गर्नुपर्ने थियो भन्ने धारणा राखिन् । उनले भनिन्,‘छलफल नै नगरी एकैचोटी अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेर अप्ठ्यारो स्थिति सिर्जना गर्नुहुँदैन भन्ने मेरो धारणा हो, यो बेला चाहीँ उम्मेद्धवारी दिनुहुँदैन थियो । उहाँले गलत गर्नुभयो । मलाई त्यस्तै लाग्छ ।’

उनले रावलले आफूहरुसँग छलफल नै नगरेको पनि गुनासो पोखिन् । उनले आफूले थाहा पाएअनुसार अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच छलफल भएको थियो । तर, उनीहरुसँग के÷कस्तो छलफल भयो रु भन्ने कुरा आफूलाई यकिन थाहा नभएको उनले सुनाईन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार