मनको चोट त्यहि हो जसलाई लुकाइन्छ, देखाईयो भने त त्यो तमाशा हुन्छ !



१. जो मान्छे अरुको गल्ति निकाल्नमा आफ्नो समय बिताउने गर्छ, प्राय उसले आफ्नो गल्ति सुधार्न भने समय निकाल्न सक्दैन।

२. मनको चोट त्यहि हो जसलाई लुकाइन्छ, देखाईयो भने त त्यो तमाशा हुन्छ।

३. संसारमा केवल मानिस मात्र यस्तो प्राणी हो, जसको जहर अरु प्राणीहरुको जस्तो दातमा हैन, बोल्ने शब्दमा हुन्छ।

४. झरनाको आवाज मधुर सङ्गीत जस्तो कहिले हुन्थेन यदि त्यसको मार्गमा ढुङ्गाहरु हुदैन थिए भने।

५. तपाईंको जीवनमा असफलता छैन को अर्थ यो हैन कि तपाई सफल हुनुहुन्छ, यसको अर्थ यो हो कि तपाई आफ्नो जीवनलाई एक कदम अगाडी बढाई रहनु भएको छैन।

६. जो व्यक्तिको आफुले खाने खानेकुरामा नियन्त्रण छैन, त्यस व्यक्तिले कहिलेपनि आफ्नो शरीरलाई स्वस्थ राख्न सक्दैन।

७. आजकाल सामाजिक संजालमा बोल्नेले बहस गरेको हुन्छ भने चुप बस्ने घमण्डी।

८. पेटमा पसेको जहरले एक जनाको मात्र ज्यान लिनसक्छ, कानमा पसेको जहरले सैयौं सम्वन्धहरुको ज्यान लिन्छ। अरुको जथाभावी कुराले आफुलाई असर गर्न दिनु हुदैन।

९. स्वतन्त्र हुनु भनेको यो कुरा जताउनु हो कि हामिसँग कुनैपनि कुरा चयन गर्ने अधिकार छ।

१०. हाम्रो समस्या नै हाम्रो समस्या पक्कै हुनसक्दैन, त्यो समस्यालाई हामीले कस्तो प्रतिकृया दिन्छौ त्यो मात्र हाम्रो समस्या हुनसक्छ।

११. जो व्यक्ति व्यायामको लागि समय निकाल्दैन त्यस व्यक्तिले बीमारीको लागि समय निकाल्न पर्छ।

१२. जोखिम उठाउनुहोस्, यदि तपाईंले जिते तपाईं खुशी हुनुहुन्छ, तपाईं हारे समझदार ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार