कानुन व्यावसायीहरुसँग ‘फाइट’ गर्ने २ युवक पक्राउ, अन्यको खोजी जारी



काठमाडौं । आन्दाेलनरत कानुन व्यावसायीहरुलाई फिल्डमै गएर धम्क्याउने दुई युवक पक्राउ परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका बेला केही अज्ञात युवकहरुले कानुन व्यावसायीहरसँग फइट’समत गरेका थिए ।

उनीहरुले कानुन व्यावसायीहरुलाई अपशब्द बोल्दै आन्दोलन रोक्न धम्की दिएका थिए । त्यसपछि कानुन व्यावसायीहरुसँग उनीहरुको सामान्य धक्कामुक्की भएको थियो । धम्की दिनेमध्येका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरलाई बिहीबार बेलुकी बौद्धबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । अन्यको खोजी जारी रहेको बताइएको छ।पक्राउ पर्नेमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेको बताइएको छ । उनीहरुमध्ये ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीकाको भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरलाई टेकुस्थित प्रहरी हिरासतमा राखिएको प्रहरीको भनाइ छ । उनीहरु कस्तो पृष्ठभूमीको र कोबाट परिचालित भएको या स्वतस्फूर्त बार आएको भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै धम्की दिनेमध्येका अन्य युवाहरु भने प्रहरीले पक्राउ गर्न सकिरहेको छैन । अझै अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । बिहीबार बारमा छिरेका उनीहरुबिरुद्ध कानुन व्यावसायीहरु नै खनिएपछि त्यहाँबाट भागेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार