अर्थमन्त्री र शिक्षामन्त्रीकाे पहलमा बन्ने भयो शिक्षक अस्पताल, जग्गा खाेज्न समिति गठन !



काठमाडौं । लामो समयदेखि चर्चामा रहेको शिक्षक अस्पताल बन्ने भएको छ । शिक्षा मन्त्री र अर्थमन्त्रीको विशेष पहलमा मन्त्रीस्तरीय बैठकले शिक्षक अस्पतालका लागि ठाउँ खोज्न समिति गठन गरिएको छ ।

उपयुक्त जग्गा खोज्नका लागि डा.विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा शिक्षक र विद्यालयका कर्मचारी रहने छन । समितिले दुई महिनाभित्र उपयुक्त जग्गा खोजिसक्नुपर्नेछ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमै शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार