मंगलबजारमा ग्यास सिलिण्डर बिस्फोट हुँदा चारजनाको मृत्यु, दुईजना घाइते



काठमाडौं । ललिपुरको मंगलबजारमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा चारजनाको ज्यान गएको छ । शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर–१२ चक्रबहिलमा रहेको घरको तेस्रो तलमा ग्यास सिलिन्डर बिस्फोट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार चारजनाको शव निकालिएको र घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । घटनामा म्हः पूजाका लागि आएका पाहुना पनि परेको हुन सक्ने प्रहरी प्रमुख बज्राचार्यले बताए ।

मृत्यु हुनेमा ६५ वर्षका लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रत्ना ताम्राकार र नाती रहेको प्रहरीले जनाएको छ। खाना पकाइरहेका बेला घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार