प्रचण्डले भन्दा २५ वर्षअघि मैले गणतन्त्रको नारा लगाएको थिएँ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गणतन्त्र विरोधी भन्नेहरुलाई इतिहास पल्टाएर हेर्न भनेका छन्। ‘गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्।

‘हाम्रा विरोधीहरुद्ये केपी ‌ओलीले गणतन्त्र कहिल्यै मन पराए भने’, ओलीले भने, ‘प्रचण्डले भन्दा २५ वर्ष अगाडि हामी गणतन्त्रको अभियानमा लागेका थियौँ, नारा लगाएका थियौँ।’

उनले प्रचण्डले गणतन्त्रका लागि संघर्ष थाल्नु २२ वर्षअघि आफू जेल परिसकेको पनि सम्झाए । ‘प्रचण्डले भन्दा २२ वर्षअघि गणतन्त्रका लागि म जेल परेको थिएँ’, उनले भने, ‘अनि अहिले उनीहरु हामीलाई गणतन्त्र विरोधी भनिरहेका छन्।’

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार