फ्लाई दुबईको विमानमा चरा ठोक्कियो, दुबई जान लागेका १ सय ७९ यात्रु रोकिए



काठमाडौं । मंगलबार साँझ ७ बजेर १० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्किएको छ ।

विमानस्थल सुरक्षाकर्मीले बताएअनुसार जहाजको बायाँ पङ्खामा चरा ठोक्किए पनि मानवीय क्षती भने भएको छैन। एफजेड-५७४ को विमान ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने भए पनि उक्त उडान स्थगित भएको छ ।

विमानस्थलमा दुबई जान तयार रहेका १ सय ७९ जना यात्रुलाई विमानको चेकजाँचका समयसम्म होटेलमा राखिएको बुझिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार