
१.यति धेरै पनि नरिसाउनुस् आफ्नासँग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस ।
२. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाँचुन्जेल अहम होइन नम्र भएर बाँच अनि हाँस ।
३. घोच्ने काँडाहरु भन्दा खतरनाक हुन्छन बोलीने वचनहरु, काँडाले घोचेको त उपचार पछि निको हुन्छ तर वचनले
घोचेको त बल्झीरहन्छ ।
४. बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको व्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ १
५. भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो , सुख त आफुले मेहनत गरेर पाउने हो ।
६. देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।
७. कहिलेकाँही मनमा पिडा हुँदा नि हास्नु पर्ने रहेछ के थाहा तिमीलाई पिडा हुँदा अरुले मजाक पो गरिरहेका छन
कि ।
८. बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि ।
९. एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ त्यसैले जीन्दगीमा हमेशा यस्तो मान्छे छान्नुस जसको मन
अनुहार भन्दा बढी राम्रो होस ।
१०.कोहि पराईलाई पाउँदा त्यति खुशी त नहोला यो मन तर त्यही पराईलाई पाए पछि गुमाउदा निकै पीडा हुदो
रहेछ।
११. अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नु राम्रो ।
१२. धेरै सोचे, धेरै रोए, धेरै सम्झेँ अनि धेरै पर्खे पनि अनि महसुस भयो तिमीसंग छुटिएर यति तड्पिनु भन्दा तिमी
संग भेट नै नभएको भए धेरै जाती हुन्थ्यो।