एमालेको पक्षमा देशव्यापी उत्साह छायो ​२०७४ को भन्दा राम्रो परिणाम आउने पक्का



काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पोखरेलले एमालेमा देशव्यापी उत्साह बढेको बताएका छन् । महासचिव पोखरेलले एमालेका पक्षमा उत्साह जागेकोले २०७४ को निर्वाचन भन्दा राम्रो परिणाम आउने बताएका छन् । नेकपा एमाले टोखा नगरपालिकाको अधिवेशन उदघाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले सबै प्रतिगामी षडयन्त्रलाई चिर्दै एमालेले जनताको हितमा काम गर्ने गरी राम्रो परिणाम ल्याउनु बताए । ‘पार्टी कामलाई कसरी ब्यवस्थित गर्ने ? लोकतान्त्रिक अभ्याश भनेको सहमतिका साथ नेतृत्व छान्ने पनि हो, हाम्रो समाज इन्द्रेणी जस्तो छ, त्यसैअनुसार पार्टीलाई अघि बढाउनु पर्छ,’ महासचिव पोखरेलले भने, ‘अब आउनेपार्टी कमिटीले तीन बर्षको योजना बनाउनु पर्छ, जनताको समस्या समाधानका केन्द्रित हुनुपर्छ । एकतावद्ध भएर पार्टी अघि बढदा हाम्रो जीतलाई कसैले रोक्न सक्दैन ।’

१९ वर्षीया झरना बनिन् एमालेको वडा सचिव
नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन् । एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन् ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १ मा पनि २६ वर्षीय सुरज कलवार एमाले वडा कमिटीको अध्यक्ष निर्वाचित भएका छन् । रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन् ।

सुरज र झरनाजस्तै धेरै युवा एमालेको वडा नेतृत्वमा आएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । नेकपा एमालेले आफ्नो दसौं महाधिवेशनअन्तर्गत शनिबार देशभर एकसाथ वडाहरूको अधिवेशन गरेको छ । तर बेमौसमी वर्षापछिको बाढी, पहिरोका कारण देशका सबै वडामा अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ ।

एमालेका अनुसार शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएका छन् । झापाको कनकाई नगरपालिका ६ का गत सिजनका स्थानीय तहका माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्धार दिर्घ थापा एमालेको सोहि वार्डका वडाअध्यक्ष बनेका छन । शनिवार भएको पार्टीको अधिवेशनबाट थापाको नेतृत्वमा ३१ सदस्यीय एमाले वार्ड कमिटी गठन भएको हो ।

थापाले त्यसवेला समेत एमालेका उम्मेद्धारकै हाराहारीकै मत ल्याइदिदा सो वार्डमा कांग्रेस उम्मेद्धार बिजयी बनेका थिए । थापा केहि समयदेखि पार्टीको सम्पर्क बाहिर रहेको माओवादी केन्द्रका कनकाई नगर संयोजक विष्णु बिमलीले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार