रिस पालेर राख्नु भनेको आफै बिष खाएर अरु मर्छन् कि भनेर अपेक्षा गर्नु समान हो



१) अन्याय सहनुभन्दा प्रतिकार गर्नु उचित हो । किनकि अन्याय सहनुपनि ठुलो अपराध हो ।

२) नदीमा खस्दैमा मृत्यु हुदैन, मृत्यु तब हुन्छ जब पौडिन आउदैन, ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुदैन, समस्या त तब बन्छ जब तिमीलाई सम्हाल्न आउदैन ।

३) जसले तिमी सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला तिमी यो पक्का हुनु कि उसले अरुको अगाडी पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।

४) जिन्दगी जिउने दुइवटा मात्र तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउ, या जे पाएका छौ त्यसलाई अपनाउ ।

५) आफूलाई यो संसारको कुनै पनि व्यक्तिसंग नदांज । यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफूलाई हेपीरहेको छौ।

६) यदि असफल भयौ भने, हतास नहोउ । त्यसबाट केही सिक्ने प्रयास गर । ७) मोती समुद्रको किनारमा भेटिदैनन्, मोती टिप्नु छ भने समुद्र भित्र डुब्नु नै पर्छ ।

८) तिमीलाई सफलता दिलाउने वा नष्ट गर्ने सबै तिमीले गरेको समयको उपयोगमा भर पर्छ ।

९) आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पैतालाले जमिनमा टेक । १०) कसैको निन्दा नगरौ । यदि मद्दत गर्न सक्छौं भने हात बढाउँ, यदि सक्दैनौ भने हात जोड ।

११) मेरो उन्नतीको रहस्य हो – कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु ।

१२) रिस पालेर राख्नु भनेको आफै बिष खाएर अरु मर्छन् कि भनेर अपेक्षा गर्नु समान हो ।

१३) सोच बदल्नुस खुशी आफै मिल्छ स्वभाव बदल्नुस ईज्जत आफै मिल्छ कसैको पाउँमा पर्न जरुरी छैन सही गन्तब्य तिर लागे पछी सफल्ता आफै मिल्छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार