काेराेना भाइरस विरुद्ध लड्न चिनले नेपाललाई सहयोग गर्ने !



काठमाडौं, ४ चैत । कोरोना भाइरसविरुद्ध लड्न आवश्यक पर्ने सामग्रीको छ÷छैन भन्नेबारेमा चीनले नेपाल सरकार समक्ष चासो देखाएको छ । भाइरसविरुद्ध लड्न चीनले विभिन्न राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपाललाई पनि आवश्यकता के हो भनेर सोधेको हो । आज चिनियाँ दूतावासले सरकारलाई भाइरसविरुद्ध लड्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सहयोग र सहायता गर्नुपर्नेबारे सूची मागेको हो ।

यस्तै, चीनले मास्क, मेडिकल सप्लाइजसहित टीम पठाउनपनि इच्छा देखाएको छ । नेपाल सरकारलाई पठाइएको पत्रमा चीनले मेडिकल टिम पठाउनु पर्ने या नपर्ने भन्ने बारेमा समेत जिज्ञासा राखेको छ । परराष्ट्र मन्त्रालयले पनि नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराएको छ । चीनले कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै सुरु गराउन चाहेको पनि नेपाल सरकारलाई पठाएको पत्रमा उल्लेख गरेको छ

प्रकाशित मिति : २०७६ चैत्र ४ गते मङ्गलवार