अष्टलक्ष्मी र भीम आचार्य धोकेवाज हुन,हाम्रै पार्टीमा आएपनि मुख्यमन्त्री बनाउँदैनौं : भुषाल



काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुषालले अष्टलक्ष्मी शाक्य र भीम आचार्य अब आफ्नो दलमा आएपनि मुख्य मन्त्री नबनाउने बताएका छन । सोमवार एक कार्यक्रममा बोल्दै उनले भने पार्टीमा आए अन्य जिम्मेवारी दिन सकिएला तर मुख्यमन्त्री त कुनै हालतमा बनाउदैनौं ।

खास मौकामा गम्भीर धोका दिएको भन्दै छिटै नै बागमती प्रदेश र प्रदेश नम्वर १ मा सरकार बदलिने उनले बताए ।उनले कांग्रेससंग कुनै मतभिन्नता नभएको भन्दै केन्द्रिय नेतृत्वको बिचमा दुवै प्रदेशमा समाजवादीको सरकार बनाउने सहमति भएको बताएका छन ।

महासचिव भुषालले सवै प्रदेशमा सरकार अदलावदली गर्ने सहमति भएको पनि बताएका छन । उनले सुदुरपश्चिम प्रदेशमा पनि सरकार बदलिने बताएका छन । तर,यस चरणमा बागमती प्रदेश र प्रदेश नम्वर एकमा एकिकृत समाजवादीकै सरकार बन्ने बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार