आगामी चुनावपछि देश एमालेमय बन्छ : विष्णु पौडेल



काठमाडौं । नेकपा (एमाले)का उप–महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् । मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताएका हुन् ।

उनले एमाले एक्लै चुनाव लडेर स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताए । पौडेलले एमालेबाट स्वार्थी, पदको लालचीहरु बाहिरिएपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुई/चार जना बाहिरिएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पारे ।

पौडेलले एमालेलाई सिंहदरबारतिर हेर्ने फुर्सद नभएको बताउदै नेपाली जनताले पार्टीलाई राम्रो चिनेकोले चुनावपछि बहुमतको सरकार निर्माणका लागि एमालेलाई रोक्ने तागत कसैसँग नभएको जिकिर गरे ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार