नेपालमा ओलीका कार्यकर्तामात्रै छैनन्, फ्यान पनि छन् : दुर्गा प्रसाईं



काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईंले देशमा केपी शर्मा ओलीका कार्यकर्तामात्र नभइ फ्यान पनि उत्तिकै रहेको बताउएका छन् । झापाको विर्तामोडमा भएको कार्यक्रममा बोल्दै प्रसाईंले भने ‘यो देशमा तपाईंका कार्यकर्ता मात्र छैनन् फ्यान छन् ।’ उनले राजनीतिक अपराधीलाई साथ लिएर नहिड्न सुझाव पनि दिए ।

युवाहरूको बैधानिक तस्करी बन्द हुनुपर्ने बताउँदै प्रसाईंले माधव नेपाल र झलनाथ खनालको एमाले बहिर्गमन कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएको टिप्पणी गरे। यस्तै,नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छविले आकर्षित गरेको बताए ।

झापामा आइतबार भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने आँट गरेकाले ओलीसँग प्रभावित भएको बताए । उनले अर्को कुनै प्रधानमन्त्री भएको भए त्यो आँट गर्न नसक्नेसमेत उल्लेख गरे । पूर्वमाओवादी नेता भट्टले प्रचण्ड नाम एकता, संघर्ष र विश्वंस भएको उल्लेख गर्दै प्रचण्डले कहिल्यै पार्टी र मुलुक नबनाउने दाबीसमेत गरे।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार